लमजुङको जंगलमा लागेको आगो तीन दिनपछि नियन्त्रणमा | Khabarhub Khabarhub

लमजुङको जंगलमा लागेको आगो तीन दिनपछि नियन्त्रणमा


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको जङ्गलमा आगलागी भएको तीन दिनपछि नियन्त्रणमा आएको छ ।

गत शनिबार दिउँसोबाट लमजुङको बेँसीशहर नगरपालिका–६ रहेको शान्ति, सुलीकोट र भोटेचौर सामुदायिक वनको जङ्गलमा लागेको आगो आज नियन्त्रण आएको हो ।

शनिबारबाट शुरु भएको आगलागी आज तेस्रो दिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको पहलमा नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

उनका अनुसार ३० हेक्टर क्षेत्रफलमा आगलागी भएको छ । नगरपालिकाको दमकल, सुरक्षा निकायले अग्नि नियन्त्रण सामग्रीको माध्यमबाट आगो नियन्त्रणमा लिन सफल भएको प्रजिअ शर्माको भनाइ छ ।

आगलागीबाट जङ्गली जनावर, चराचुरुङ्गी तथा जमीनमा घिस्रिएर हिँड्ने प्राणीको बासस्थान सखाप भएको छ । जङ्गलमा कस्ले आगो लगाएको भनेर पत्ता लागिसकेको छैन । यस जङ्गलमा गत वर्ष पनि आगलागी भएको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ९ : ४५ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र