किसानलाई सम्मान गर्ने संस्कार बसाल्नुपर्छ : मन्त्री अर्याल | Khabarhub Khabarhub

किसानलाई सम्मान गर्ने संस्कार बसाल्नुपर्छ : मन्त्री अर्याल


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताएकी छिन् ।

गल्याङ नगरपालिका–१ सार्वजानिक माविमा प्राविधिक शिक्षालयको साझेदारीमा आज व्यावसायिक उत्पादनको शुभारम्भ गर्दै उनले काम गरेर खाने वर्गलाई हेलाहोचो गर्ने विगतको संस्कारमा परिर्वतन हुँदै आएको बताइन् ।

“अहिले किसानलाई सम्मान गर्ने संस्कारको विकास हुँदै आएको छ”, मन्त्री अर्यालले भनिन्, “कृषि कर्म गर्नेलाई होच्याउने होइन, हामीले सलाम गर्नुपर्छ । हिजोको सामन्तवादी सोचलाई परिर्वतन गर्नुपर्छ ।”

उनले कृषिकै माध्यमबाट देशलाई समृद्ध बनाउन सकिने भन्दै कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण, व्यावसायिकीकरणका लागि सरकार विशेष कार्यक्रमका साथ अगाडि बढेको बताइन् ।

कृषकलाई व्यावसायिक करतर्फ आकर्षित गर्न राज्यले विभिन्न कार्यक्रम ल्याउने बताउँदै मन्त्री अर्यालले भनिन्, “कृषि मन्त्रालयले कृषि तथा पशुको विकासका लागि विभिन्न अनुदान र सहुलियतका कार्यक्रमहरु ल्याएको छ । कृषकको खेतबारीमै सरकार जोडिनेछ ।”

मन्त्री अर्यालले माटो र हावापानी सुहाउँदो कृषि प्रणालीलाई अवलम्बन गर्नुपर्ने भन्दै कृषिमा प्रविधिको अधिकतम उपयोग गरी कृषि क्रान्ति गर्ने बताइन् । नयाँ सोच र प्रविधिका साथ सरकार अगाडि बढेको भन्दै उनले स्याङ्जा जिल्लामा कृषिको विकासका लागि प्रतिबद्धता व्यक्त गरिन् ।

‘एक पालिका एक उत्पादन’का साथ जिल्लालाई कृषिका माध्यमबाट समृद्ध बनाइने समेत उनको भनाइ छ । मन्त्री अर्यालले स्याङ्जामा सुन्तला र कफीको जोन बनाउने कार्य कार्यान्वयन भइरहेको भन्दै अन्य फलफूल तथा तरकारीको जोन बनाइने बताइन् ।

सो अवसरमा उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत मावि मालुङ्गालाई रु १० लाखको चेक हस्तान्तरण गरिन् । मन्त्री अर्यालले छात्राहरुका लागि स्यानिटरी प्याड बनाउने मेशिन र खानेपानीका लागि युरोगार्डसमेत सो विद्यालयलाई हस्तान्तरण गरेकी थिइन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ७ : ४८ बजे

धनगढीमा मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा दुईजना घाइते

धनगढी– धनगढीमा मोटरसाइकललाई स्कुटरले पछाडिबाट ठक्कर दिँदा दुई जना घाइते

‘पुजार सार्की’को ट्रेलर, प्रदीप र आर्यन आउँदा पल देखिएनन् (तस्बिरहरू)

काठमाडौं– आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ प्रदर्शन हुने

चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष राष्ट्रिय स्वतन्त्र पार्टीको

नक्कली नोटसहित एक महिला पक्राउ

जाजरकोट– नक्कली नोटसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

‘पुजार सार्की’को ट्रेलर रिलिजमा पल शाह किन अनुपस्थित ?

काठमाडौं– दिनेश राउतको निर्देशन रहेको मल्टिस्टार फिल्म ‘पुजार सार्की’को ट्रेलर