कलाकार खोज्दै दयाहाङ र प्रकृतिको ‘बिहे पास’ | Khabarhub Khabarhub

कलाकार खोज्दै दयाहाङ र प्रकृतिको ‘बिहे पास’


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चैत पहिलो साताबाट छायांकन सुरु हुने फिल्म ‘बिहे पास’ले अडिसनमार्फत कलाकार चयन गर्ने भएको छ । प्रवेश पौडेलको निर्देशन रहने फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् ।

आरआर फिल्मस् प्रोडक्सनले ‘कास्टिङ कल’ गरेको फिल्मका लागि २० देखि ६५ वर्षसम्मका २२ पुरुष र २०, २६, ४०, ५० र ६७ वर्षका ५ जना महिला कलाकारको खोजी गरेको छ ।

अडिसन फागुन ११ र १२ गते नेपाल फिल्म कास्टिङ कम्पनी, ललितपुरमा हुनेछ । रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्मातामा रत्न श्रेष्ठ र सह–निर्मातामा ग्याल्जेन लामा छन् ।

तराई भेगमा खिचिने फिल्मको कथा आकाश बराल, सजन काफ्ले र मुरे केरले लेखेका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ५ : १० बजे

झन्डै १३ प्रतिशत नेपालीको घर छैन, कति बस्छन् भाडामा ?

काठमाडौं– नेपालको कुल जनसंख्याको झन्डै १३ प्रतिशत नेपालीको आफ्नै घर

जसपा फुट्दै गर्दा अमेरिकाबाट कतार पुग्दैछन् उपेन्द्र यादव

काठमाडौं – आफू नेतृत्वको जनता समाजवादी पार्टी विभाजन हुँदै गर्दा

बस दुर्घटनामा परी त्रिविका प्राध्यापकको निधन

काठमाडौं– कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको निधन भएको

नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

काठमाडौं– आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको

फिल्म निर्देशनमा प्रकाश सपूत (तस्बिरसहित)

काठमाडौं– गायक प्रकाश सपूतले फिल्म निर्माणको घोषणा गरेका छन् ।