पूर्वी मेक्सिकोमा सैनिक विमान दुर्घटनाग्रस्त, छ सैनिकको मृत्यु | Khabarhub Khabarhub

पूर्वी मेक्सिकोमा सैनिक विमान दुर्घटनाग्रस्त, छ सैनिकको मृत्यु


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेक्सिको सिटी– मेक्सिको वायुसेवाको एउटा विमान भेराक्रुज राज्यमा आइतबार दुर्घटनाग्रस्त हुँदा कम्तीमा छ जना सैनिकको मृत्यु भएको छ ।

मेक्सिकोको रक्षा मन्त्रालयका अनुसार उक्त दुर्घटना एमिलियानो जापाटा नगरपालिका क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।

मन्त्रालयले जारी गरेको संक्षिप्त विज्ञप्तिमा एल लेन्सेरो विमानस्थलबाट आइतबार उड्नासाथ लियरजेट ४५ नामको उक्त विमान दुर्घटना भएको उल्लेख छ ।

सेनाले विमान दुर्घटनाका सम्बन्धमा छानबिन शुरु गरिसकेको जनाएको छ ।

–रासस/सिन्ह्वा

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ३ : १५ बजे

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर