इरानको परामाणु केन्द्रमा राष्ट्र संघका प्रतिनिधिलाई 'आकस्मिक अनुगमन' गर्न प्रतिबन्ध | Khabarhub Khabarhub

इरानको परामाणु केन्द्रमा राष्ट्र संघका प्रतिनिधिलाई ‘आकस्मिक अनुगमन’ गर्न प्रतिबन्ध


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इरानले आफ्ना परमाणु केन्द्रमा संयुक्त राष्ट्रसंघको परमाणु अनुगमन गर्ने निकायका प्रतिनिधिलाई ‘आकस्मिक अनुगमन’ मा प्रतिबन्ध लगाउने भएको छ ।

इरानले मङ्गलबार निरीक्षणकर्तालाई दिइने पहुँचसम्बन्धी नीतिलाई परिवर्तन गर्न लागेको बीबीसीले जनाएको छ ।

सन् २०१५ मा भएको एउटा परमाणुसम्बन्धी सम्झौताबाट अमेरिका पछि हटेको तथा प्रतिबन्धहरू कायमै राखेकाले यो कदम चाल्न लागिएको इरानी अधिकारीहरूले जनाएका छन् ।

इरानले परिवर्तन गर्न लागेको नीतिले राष्ट्रसंघीय अनुगमनकर्ताहरूलाई थप तीन महिना आफ्ना परमाणु केन्द्रहरूको सीमित क्षेत्रमा मात्रै अनुगमन गर्न दिने तयारी गरेको छ ।

इरानले सन् २०१५ मा ६ वटा विश्व शक्तिसँग गरेको सम्झौता अनुसार रोकेको उसको परमाणु कार्यक्रम फेरि सुरु गरेको थियो।

इरानले अमेरिका उक्त सम्झौतामा पूर्ण रूपमा नफर्केसम्म आफ्नो कार्यक्रम नरोक्ने बताएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले इरानले पहिले आफ्नो परमाणु कार्यक्रम स्थगित गर्नुपर्ने बताएका छन् । इरानको परमाणु कार्यक्रम झण्डै २० वर्षदेखि अन्तर्राष्ट्रिय मुद्दा बन्दै आएको छ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ९ : २० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र