प्रधानमन्त्री ओली कञ्चनपुर जाँदै | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली कञ्चनपुर जाँदै


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली आज कञ्चनपुर जाँदै छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली सोमवार कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

९ अर्ब रुपैयाँको लागतमा ५ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको दैजी छेला औद्योगिक क्षेत्रको प्रधानमन्त्री ओलीले अपराह्न १:३० बजे शिलान्यास गर्ने कार्यक्रम रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जानकारी दिए ।

प्रधानमन्त्री ओली कञ्चनपुर जाने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले ठाउँ-ठाउँमा गस्ती बढाएका छन्‌ । प्रधानमन्त्री ओली श्री एअरलाइन्सको जहाजमार्फत आज दिउँसो धनगढी विमानस्थलमा अवतरण गर्नेछन्‌।

त्यहाँबाट उनी नेपाली सेनाको हेलिकोप्टरमार्फत शिलान्यासस्थल  पुग्ने कार्यक्रम तय गरिएको छ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ८ : २१ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र