स्वर्गका ५ अप्सराबारे थाहा पाउनै पर्ने यी रोचक कुरा | Khabarhub Khabarhub

स्वर्गका ५ अप्सराबारे थाहा पाउनै पर्ने यी रोचक कुरा


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हिन्दु धर्मशास्त्रमा स्वर्गका राज देवराज इन्द्रदेवका अप्सराहरूको विशेष उल्लेख पाइन्छन् । जब कोही ऋषि या दानव ध्यानमा मग्न हुन्छन् तब इन्द्रले तपस्या भंग गर्न अप्सरा पठाउने गरेको उल्लेख पाइन्छ ।

यी ५ अप्सराका बारेमा जान्नुस्ः

उर्वशीः महाभारतमा उर्वशीको सुन्दरताको बर्णन पाइन्छ । अर्जुन एकपटक स्वर्गलोकमा घुम्न गएका बेला उर्वशीको रुप देखेर अर्जुन मोहित भएका थिए । अर्जुनलाई उर्वशीले पनि मनपराएकी थिइन् तर अर्जुनले उर्वशीको प्रेमप्रस्ताव अस्वीकार गरेका थिए । आफ्नो प्रेम अस्वीकार गरेको रिसले उर्वशीले अर्जुनलाई युवती भएर जन्म लिन परोस् भनि श्राप दिएकी थिइन् ।

पुंजिकस्थलाः ध्यान बसिरहेका ऋषिको रुप देखेर पुंजिकस्थला अप्सराले खिल्ली उडाएकी थिइन् । उनको ब्यवहारका कारण ऋषि रिसाएर ऋषिले पुंजिकस्थलालाई बाँदरको अनुहार हुने श्राप दिएका थिए । पछि पुंजिकस्थालाले अन्जनीको रुपमा बाँदर जातिका जन्म लिएर हनुमान पुत्रलाई जन्म दिएको शास्त्रमा उल्लेख पाइन्छ ।

मेनकाः ऋषि विश्वामित्रले एकताका कठीन तपस्या गरेका थिए । ऋषि विश्वामित्रको ध्यान भंग गर्न इन्द्रले मेनका नाममा अप्सरा धर्तिमा पठाएको कथन छ । मेनकाको रुप देखेर मोहित भएपछि ऋषि विश्वामित्रले ध्यान तोडेका थिए । पछि ऋषि विश्वामित्र र मेनका विवाहबन्धनमा बाँधिएका थिए । र, शकुन्तला नामका पुत्री जन्म दिएका थिए ।

तिलोत्तमाः  स्वर्गकी सबैभन्दा सुन्दरी अप्सराका रुपमा तिलोत्तमाको नाम अगाडि आउँछ । पृथ्वीको निर्माण गर्दा ब्रम्हदेवले संसारका सबैभन्दा सुन्दरतम वस्तुहरू संकलन गरेर तिलोत्तमाको निर्माण गरेको कथन पाइन्छ ।

रम्भाः इन्द्रलोककी अप्सरा रम्भा आफ्नो सुन्दरताको कारण स्वर्ग,मत्र्य,पाताल गरी तीनै लोकमा प्रसिद्ध थिइन् । धनको देवता कुबेरको छोरा नलकुबेरसँग रम्भा पत्नीकै रुपमा बस्ने गर्थिन् । रावण रम्भासँग मोहित भएका थिए र उनले रम्भासँग सम्बन्ध गाँस्न चाहेका थिए ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ६ : ०५ बजे

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०

दक्षिणी ब्राजिलमा भारी वर्षा, मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

काठमाडौं– ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका

आईसीसी टी–२० विश्वकप खेल्न जान लागेको नेपाली टिमलाई राष्ट्रपतिको शुभकामना 

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा भाग

तुम्लिङटार विमानस्थलमा उडान ठप्प

किमाथांका– सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ

रामेछापबाट काठमाडौँ आउँदै गरेको माइक्रो दुर्घटना, ६ जना घाइते 

काठमाडौं– रामेछापबाट काठमाडौँ आउँदै गरेको विद्युतीय माइक्रो दुर्घटनामा परेको छ