अदालतलाई नधम्क्याउन प्रधानमन्त्रीको आग्रह | Khabarhub Khabarhub

अदालतलाई नधम्क्याउन प्रधानमन्त्रीको आग्रह


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखका लागि तोकिएको निर्वाचनलाई एक आन्दोलनका रुपमा लिँदै सुशासन र विकासको गतिलाई तीव्र बनाइने बताएका छन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पेशागत विशेष जिल्ला कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष ओलीले निर्वाचनपछि आफ्नो पार्टीको पुनःबहुमतसहितको सरकार बन्ने उद्घोष गरे ।

उनले प्रतिनिधिसभा पुनःस्थापनाको व्यवस्था संविधानमा नभएकाले अदालतलाई नधम्क्याउन समेत आग्रह गरे ।

उनले पार्टी र सरकारलाई कमजोर धरातलको संयुक्त मोर्चा जस्तो स्थितिमा पुर्‍याउनेहरु आफैँ पार्टी छाडेर गएको जनाउँदै अब शुद्धीकरण र देशव्यापी अभियानका साथ परिचालित हुने बताए ।

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक आन्दोलनका समयमा तत्कालीन आफ्नो पार्टीले विधानमा संवैधानिक राजतन्त्रको वकालत गरिरहेको नेपाली कांग्रेससँग संयुक्त आन्दोलन गरिरहेका स्थितिमा ‘बयलगाडा चढेर अमेरिका पुगिन्न’ भनी दिएको अभिव्यक्तिलाई अहिले गलत व्याख्या गरिएको स्पष्ट पारेका थिए ।

पार्टी र कम्युनिष्ट आन्दोलनमा शुद्धीकरण आवश्यक भइसकेको थियो भन्दै उनले प्रश्न गरे, “आफ्नै पार्टी नेतृत्व र सरकारविरुद्ध यसरी सडकमा सत्तोसराप गर्नेहरुका बीचमा मैले यसबीचमा कसरी काम गरेँ हुँला ? विश्वमा यसरी कुनै पार्टी चलेको देख्नुभएको छ ?”

कार्यक्रममा नेकपामा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले प्रतिनिधिसभा विघटन न्यायोजित र आवश्यक भएकाले यसका विरुद्ध आन्दोलन गर्नुको औचित्य नभएको बताए ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ८ : ११ बजे

अन्तिम २ मिनेटमा बढ्यो शेयर बजार, कारोबार २ अर्ब माथि 

काठमाडौं– मंगलबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) अन्तिम २ मिनेटमा बढेको

सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा छौँ : सञ्चारमन्त्री शर्मा 

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार जतिसक्दो चाँडो

प्रधानमन्त्रीको टिप्पणी- जसपा फुटाउन मेरो कुनै भूमिका छैन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा फुटाउनुमा आफ्नो कुनै भूमिका

लामो समयपछि वर्षा हुदाँ किसानलाई राहत

पर्वत– साढे सात महिना लामो अवधिपछि वर्षा भएपछि पर्वतका किसानलाई

गोरखाका महिलालाई नौमती बाजा बजाउने तालिम

गोरखा– पालुङटार नगरपालिकाले महिलालाई नौमती पञ्जेबाजा बजाउने तालिम दिन सुरु