केपी ओली कम्युनिस्ट पार्टीका भगौडा हुन् – नेता खनाल | Khabarhub Khabarhub

केपी ओली कम्युनिस्ट पार्टीका भगौडा हुन् – नेता खनाल


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कदम सच्यान आम नेपाली सडकमा उत्रिएको बताएका छन् ।

नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले नेपाली जनताले सडक आन्दोलनबाट ल्याएको लोकतान्त्रिक गणतन्त्र र संविधानसभाबाट निर्माण गरिएको संविधानको रक्षा र कार्यान्वयन गर्न सडकमा उत्रनुपर्ने बाध्यता आएको बताए ।

‘क्रान्ति र प्रतिकान्तिका अनेकन घुम्ती पार गरेर जनताका मुद्धालाई कार्यान्वयन गर्न आएको पार्टी कहिल्यै पनि प्रतिगमनकारी कदमलाई स्वीकार गर्न सक्दैन,’ खनालले भने ।

उनले ७ दशक लामो कम्युनिस्ट आन्दोलन कहिल्यै नझुक्ने बताउँदै केपी ओली कम्युनिस्ट पार्टीका भगौडा भएको बताए ।

प्रतिकदमकारी कदम चाल्ने केपी ओलीले आफ्नो कदमलाई राजनीतिक कदम भने पनि त्यो प्रतिगमनकारी कदम रहेको बताए । प्रधानमन्त्रीले सँधै संविधानअनुसार चल्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  २ : ४९ बजे

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।