आज काठमाडौँको ट्राफिक : कतै अस्तव्यस्त, कतै सुनसान | Khabarhub Khabarhub

आज काठमाडौँको ट्राफिक : कतै अस्तव्यस्त, कतै सुनसान


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाको प्रचण्ड–नेपाल समूहले आज काठमाडौँमा गरेको शक्ति प्रदर्शनले यहाँको ट्राफिक व्यवस्थापन कतै अस्तव्यस्त बनेको छ भने कतै सुनसान बनेको छ ।

प्रतिनिधिसभा विघटनपछि विभाजित बनेको सत्तारूढ नेकपाको दाहाल-नेपाल समूहले देशभरका कार्यकर्तालाई काठमाडौँ उतारेपछि सार्वजनिक र निजी सवारीलाई ट्राफिक प्रहरीले ठाउँठाउँमा रोकेको छ । जसका कारण कतै सडक सुनसान छन् भने कतै अस्तव्यस्त भएको छ ।

No description available.

भक्तपुरबाट आएका सवारीलाई कोटेश्वर तथा तीनकुनेमा रोकिएको छ भने ललितपुरबाट आएका सवारीलाई कुपन्डोलमा रोकिएको छ । कलंकी क्षेत्रबाट आएका त्रिपुरेश्वरमा रोकिएको छ । त्रिपुरेश्वरबाट रोकिएकालाई थापाथलीमा रोकिएको छ ।

सार्वजनिक सवारीमा यात्रा गर्ने पैदलै आफ्नो गन्तव्य गइरहेका छन् ।

नारायणकाजी श्रेष्ठको नेतृत्वमा गठित केन्द्रीय संघर्ष समितिले आज काठमाडौँमा हुने ‘वृहत शक्ति प्रदर्शन’ मा कार्यकर्तालाई उपस्थित गराउन प्रदेश, जिल्ला र जनवर्गीय संगठनलाई सर्कुलर गरेको थियो ।

No description available.

पार्टीका स्थायी कमिटी सदस्यहरूको नेतृत्वमा काठमाडौंका बिभिन्न ९ स्थानबाट निस्कने जुलुस राष्ट्रिय सभागृह अगाडि पुगेर सभामा परिणत हुनेछ ।

माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका र बाल्मिकी क्याम्पसबाट जुलुस निकालिएको छ ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ११ : ४२ बजे

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार