एट्लेटिकोको पुनरागमन जितमा स्वारेजले गरे दुई गोल | Khabarhub Khabarhub

एट्लेटिकोको पुनरागमन जितमा स्वारेजले गरे दुई गोल


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा एइवरमाथि २–१ को पूनरागमन जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा एट्लेटिकोको जितमा दुबै गोल लुइस स्वारेजले गरे ।

घरेलु टोली एइवरका मार्को डिमिट्रोभिकले गरेको गोल सान्त्वना बन्यो । खेलको १२औँ मिनेटमा एइवरले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाए पनि जितका लागि पर्याप्त भएन ।

४०औँ र ८९औँ मिनेटमा गोल गर्दै स्वारेजले एट्लेटिकोलाई जिताए ।

जितसँगै एट्लेटिकोले शीर्षस्थानमा ७ अंकको अग्रता कायम गरेको छ । एक खेल कम खेलेको एट्लेटिकोको १७ खेलबाट ४४ अंक छ । पराजित एइवर १९ अंकसहित १५औँ स्थानमा छ ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ६ : २९ बजे

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको

अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

आगोमा परी अर्घाखाँचीमा चार वर्षीया बालिकाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको असुरकोटमा आज दिउँसो आगोमा जलेर

गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्ति वैधानिक, सर्वोच्चद्वारा रिट खारेज

काठमाडौं- गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिटलाई