तीन दिनदेखि बेपत्ता महिला मृत फेला | Khabarhub Khabarhub

तीन दिनदेखि बेपत्ता महिला मृत फेला


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – तीन दिनदेखि बेपत्ता महोत्तरी मट्टीहानीकी एक महिला मृत फेला परेकी छन् ।

मट्टीहानी-३ बर्दाहकी २२ वर्षीया रुक्सार खातुन मृत भेटिएकी हुन् । खातुन हराएको भन्दै उनका आफन्तले प्रहरी चौकी धिरापुरमा मौखिक जानकारी दिएका थिए ।

खोजी गर्दा उनी घर नजिकैको सार्वजनिक पोखरीमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

शव पोष्टमार्टमका लागि जलेश्वर अस्पताल ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ११ : ५५ बजे

चट्याङ लागेर ११ जनाको मृत्यु

काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको

५ लाख धरौटीमा रिहा भए रवि ओड

काठमाडौं– वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं– सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं– फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको