आन्ध्र प्रदेशमा बाढी : १७ जनाको मृत्यु, दर्जनौँ बेपत्ता | Khabarhub Khabarhub

आन्ध्र प्रदेशमा बाढी : १७ जनाको मृत्यु, दर्जनौँ बेपत्ता


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – आन्ध्र प्रदेशमा आएको अविरल वर्षापछिको बाढीबाट कम्तीमा १७ जनाको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता भएका छन् ।

लगातारको वर्षापछि तीन तले घर भत्किदा अनन्तपुर जिल्लाको कादिरी सहरमा एक बृद्धा र तीन बालबालिकाको पुरिएर मृत्यु भएको छ । घरभित्र फसेका चार जनाको उद्धार कार्य जारी छ ।

बाढीका कारण तिरुपति सहरमा हजारौँ तीर्थयात्री फसेका छन् । तिरूपती पहाडको चुचुरोमा रहेको श्री भेनकटेस्वरा मन्दिरमा दर्शन गर्न हिँडेका सयौँ तीर्थयात्री अलपत्र परेका छन् ।

सडक बगाउँदा यात्रु बोकेर तिरुपतीतर्फ जाँदै गरेका तीन ओटा बस बाटोमै फसेका छन् । बाढीले आन्ध्र प्रदेशका धेरै स्थानको सडक बगाएको छ । बाढीबाट सबैभन्दा बढी रायलासीमा क्षेत्र प्रभावित भएको छ । त्यस्तै, बाढीका कारण चित्तोर, कादपा, कर्नुल र अनन्तपुर जिल्ला प्रभावित छन् ।

बिहीबारदेखि परेको वर्षाका कारण चेयुरु नदी बहाव बढेको छ । बाढी प्रभावितको उद्धारका लागि राष्ट्रिय र राज्य विपद् समूह परिचालन गरिएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ७ : ५७ बजे

एमाले तनहुँको अध्यक्षमा कँडेल विजयी

तनहुँ– नेकपा एमाले तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी भएका छन्

नोटमा चुच्चे नक्सा राख्दा टाउको दुखाइ किन ?

मन्त्रिपरिषद्को बैठकबाट सय रुपैयाँको नोटमा चुच्चे नक्सा हाल्ने निर्णय गरेपछि

सहकारी ठगीविरुद्ध तरुण दलले आज प्रदर्शन गर्ने

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको

क्यान्सरको उपचारमा प्रभावकारी बन्दै रेडिएसन थेरापी

काठमाडौं – नेपालमा नसर्ने रोगको प्रकोप बढ्दो छ। नेपालमा हुने

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज पनि