टी-ट्वान्टी विश्वकप : नामिबियाले नेदरल्यान्ड्सलाई हरायो | Khabarhub Khabarhub

टी-ट्वान्टी विश्वकप : नामिबियाले नेदरल्यान्ड्सलाई हरायो


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा नामिबियाले नेदरल्यान्ड्सलाई हराएको छ ।

आबुधाबीमा बुधबार भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको हो । योसँगै नामिबियाले पहिलो जित दर्ता गराएको छ । पहिलो खेलमा नामिबिया श्रीलंकासँग ७ विकेटले पराजित भएको थियो ।

नेदरल्यान्ड्सले दिएको १ सय ६५ रनको लक्ष्य नामिबियाले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नामिबियाको जितमा डेविड विजले अविजित रहदै ६६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान गेर्हार्ड इरास्मसले ३२ रन जोड्दा स्टेफेन बार्डले १९ रन बनाए ।

नेदरल्यान्ड्सका फ्रेड क्लासेन, कोलिन,टिम भान डेर र पिटर सिलारले एक एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेद्ल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । नेदरल्यान्ड्सका म्याक्स ओ’डोडले ७० रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीको जित सम्भव भएन । नामिबियाका जान फ्राईलिंकले २ विकेट लिए ।

जितसँगै नामिबियाको सुपर-१२ मा पुग्ने सम्भावना कायमै छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ६ : ०१ बजे

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता