एमालेको अवरोधकाबीच राष्ट्रियसभामा विनियोजन विधेयक पेस | Khabarhub Khabarhub

एमालेको अवरोधकाबीच राष्ट्रियसभामा विनियोजन विधेयक पेस


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी एमालेको विरोधकाबीच राष्ट्रियसभाले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’भन्ने प्रस्तावलाई बहुमतद्वारा स्वीकृत गरेको छ ।

मंगलबार बसेको राष्ट्रियसभाको दोश्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रियसभाको बैठकमा उक्त प्रस्ताव पेस गरेका थिए ।

त्यसअघि बैठकमा नेकपा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले राजनीतिक दलसम्बन्धी अध्यादेशले विग्रह निम्त्याएको आरोप लगाए ।

उनले पार्टी अनुशासन विरोधी गतिविधि गरेका १४ सांसदमाथि आफ्नो पार्टीले गरेको कारबाहीसम्बन्धी सूचना प्रकाशित नगरिएका आपत्तिसमेत जनाए । उनले कांग्रेसलाई सिष्टम नभएर सत्ता प्यारो भएको तर्क पनि गरे ।

मंगलबार नै बसेको राष्ट्रियसभाको पहिलो बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई सभासमक्ष टेबुल गरेका थिए ।

राष्ट्रियसभाको अर्को बैठक यही असोज ७ गते दिउँसो २ बजे बस्नेछ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  २ : ४१ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको