टोकियो ओलम्पिक : स्विडेनसँग अमेरिका स्तब्ध | Khabarhub Khabarhub

टोकियो ओलम्पिक : स्विडेनसँग अमेरिका स्तब्ध


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोकियो ओलम्पिकको महिला फुटबलमा स्विडेनले अमेरिकालाई स्तब्ध पारेको छ ।

आनिजामातो स्टेडियममा बुधबार भएको खेलमा स्विडेनले अमेरिकालाई ३–० गोल अन्तरमा पराजित गरेको हो । समूह जीको खेलमा स्विडेनको ३ अंक भएको छ ।

स्विडेनलाई पहिलो खेलमा नै जित दिलाउन स्टिना ब्लाकस्टेन्सले २ र लिना हुर्टिङले एक गोल गरिन् ।

२५ औं मिनेटमा पहिलो गोल गरेकी स्टिनाले ५५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् । ७२ औं मिनेटमा लिनाले गोल गरेपछि स्विडेन ३ अंक बटुल्न सफल भयो ।

दोस्रो खेलमा स्विडेनले अष्ट्रेलिया र अमेरिकाले न्युजिल्याण्डसँग जुलाई २४ मा खेल्नेछन् ।

बुधबार नै भएका अन्य खेलमा बेलायतले चिलीलाई २–० ले र ब्राजिलले चीनलाई ५–० ले पराजित गरे ।

कोरोना महामारीका कारण एक वर्षपछि धकेलिएको टोकियो ओलम्पिकको औपचारिक उद्घाटन भने शुक्रबार हुनेछ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ४ : ४४ बजे

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ