टोकियो ओलम्पिकमा बेलायतको विजयी सुरुवात | Khabarhub Khabarhub

टोकियो ओलम्पिकमा बेलायतको विजयी सुरुवात


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेलायतले टोकियो ओलम्पिकको महिला फुटबलमा विजयी सुरुवात गरेको छ ।

जापानको होक्काईदोस्थित साप्पोरो दोम स्टेडियममा बुधबार भएको उद्घाटन खेलमा बेलायतले चिलीलाई २–० गोल अन्तरमा पराजित गरेको हो । योसँगै समूह ‘ई’ मा रहेको बेलायतले ३ अंक जोडेको छ ।

बेलायतको जितमा दुवै गोल एलेन ह्वाइटले गरिन् । खेलको १८ औं मिनेटमा पहिलो गोल गरेकी उनले ७३ औं मिनेटमा दोस्रो गोल थपेकी थिइन् । ६० प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेको बेलायतका थप आधा दर्जन प्रहार खेर गएको थियो ।

बेलायतले आफ्नो दोस्रो खेल जुलाई २४ मा आयोजक जापानसँग खेल्नेछ भने चिलीले क्यानाडाको सामना गर्नेछ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ३ : ३५ बजे

हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय बढी लाभान्वित

हुम्ला– हुम्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन