बाग्लुङमा एकैदिन थपिए ३०५ कोरोना संक्रमित, कुन जिल्लामा कति ? (विवरण सहित) | Khabarhub Khabarhub

बाग्लुङमा एकैदिन थपिए ३०५ कोरोना संक्रमित, कुन जिल्लामा कति ? (विवरण सहित)


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २९७ कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ६ हजार ५८२ जनाको पीसीआर परीक्षणबाट १ हजार ५८४ र ४ हजार ३२१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७१३ जना गरी २ हजार २९७ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै बाग्लुङमा ३०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कुन जिल्लामा कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ११, उदयपुरमा ७,  झापामा १३०, ताप्लेजुङमा १, तेह्रथुम ५, धनकुटामा ६, पाँचथर १२, भोजपुर ५,  मोरङमा १२४, संखुवासभामा १८, र सुनसरी ११४ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा ५, पर्सामा ६,  बारामा १५, महोत्तरीमा ११, रौतहटमा २, सप्तरीमा ७, सर्लाहीमा ७ र सिरहामा १६ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र २८५ जनामा कोरोना भेटिएको छ। काभ्रेमा २२, चितवनमा ६८, दोलखामा १८, धादिङमा २३, नुवाकोटमा ३९, भक्तपुरमा ३३, मकवानपुरमा ३५, रसुवा ५, रामेछापमा ३, ललितपुरमा ६१, सिन्धुपाल्चोकमा ६ र सिन्धुलीमा ४ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ४०, गोरखामा ३, तनहुँमा ६, नवलपरासी पूर्वमा ३०, पर्वत ९, म्यागदीमा १,  लमजुङमा ६, बागलुङमा ३०५ र स्याङजामा २ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, कपिलवस्तुमा १, गुल्मीमा १, दाङमा १४, नवलपरासीमा १, पाल्पामा १७,  बर्दियाका ३, बाँकेमा ३ र रुपन्देहीमा १६ जना छन्।

यस्तै, कर्णाली प्रदेशको जुम्लामा १, दैलेखमा ८, सल्यानमा १ र  सुर्खेतमा १ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा २, कञ्चनपुरमा ३, कैलालीमा १, बैतडीमा १ र दार्चुलामा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ६ : ०७ बजे

नेपाल–जापान सम्बन्ध : आर्थिक विकासमा नेपालको लक्ष्य पूरा गर्न जापान सरकार तयार

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालको भ्रमणमा रहेकी जापानी

युद्ध प्रभावितलाई उद्धार गर्न आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले युद्धमा परी विदेशमा मृत्यु भएकाहरूको

पूर्वमन्त्री शेर्पा एमाले जिल्ला उपाध्यक्षमा पराजित, शेरधनले बनाए पकड

भोजपुर-तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन

झन्डै १३ प्रतिशत नेपालीको घर छैन, कति बस्छन् भाडामा ?

काठमाडौं– नेपालको कुल जनसंख्याको झन्डै १३ प्रतिशत नेपालीको आफ्नै घर

जसपा फुट्दै गर्दा अमेरिकाबाट कतार पुग्दैछन् उपेन्द्र यादव

काठमाडौं – आफू नेतृत्वको जनता समाजवादी पार्टी विभाजन हुँदै गर्दा