खसीबोका चोरेको आरोपमा एकजना पक्राउ | Khabarhub Khabarhub

खसीबोका चोरेको आरोपमा एकजना पक्राउ


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– खसी–बोका चोरेको आरोपमा मोरङको सुन्दरहरैंच नगरपालिकबाट एकजना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–७ बस्ने २७ वर्षीय डम्मर कटुवाल हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार शुक्रबार दिउँसो १ बजे सुन्दरहरैचा–३ गछियाका जीवन खड्काको बाख्राको खोरबाट अन्दाजी ३० केजीको सेतो रंगको र अन्दाजी १८ केजीको कालो पेटारे रंगको खसी चोरी भएको खबर पाएपछि खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले एक घण्टाभित्रै सुन्दरहरैँचा–८ कृष्ण पेट्रोल पम्प उत्तरतर्फको बाटोमा उक्त खसीहरू डोर्‍याएर लाँदै गरेको अवस्थामा फेला पारेको हो ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ४ : ०५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र