निषेधाज्ञामा नक्कली पास लिएर हिँडेको आरोपमा ४ जना पक्राउ | Khabarhub Khabarhub

निषेधाज्ञामा नक्कली पास लिएर हिँडेको आरोपमा ४ जना पक्राउ


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपेन्देही– निषेधाज्ञामा नक्कली पास लिएर हिँडेको आरोपमा प्रहरीले रुपन्देहीमा ४ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा गुल्मी धुर्कोट नगरपालिका–७ स्थाई घर भई बुटवल उपमहानगरपालिका – ११ बस्ने २७ वर्षीय विनोद घिमिरे, बुटवल उपमहानगरपालिका–११ का ५३ वर्षिय रोलक बहादुर बुढाक्षेत्री र गुल्मी मुसिकोट नगरपालिका – ७ का २७ वर्षिय विपिन काफ्ले छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सत्य थापा अनुसार उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिई जनही ५० हजार जरिवाना तिराएको छ ।

यस्तै, बुटवल उपमहानगरपालिका – १२ का ३९ वर्षिय मनोज गैरेलाई नियन्त्रणमा लिई ५ हजार जरिवाना लिई कारवाही गरिएको छ ।

नक्कली पास बनाई बेच्ने र सो कार्य गर्न सहयोग गरी कोभिड–१९ नियन्त्रण अध्यादेश २०७८ को दफा ३९ विपरित हुने गरी कार्य गरेकोले उनीहरुलाई सोही अध्यादेशको परिच्छेद ५ को दफा १९ को उपदफा २ बमोजिम सजाय तथा जरिवाना गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  २ : ०३ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी