किशोरी बलात्कार आरोपमा युवक पक्राउ | Khabarhub Khabarhub

किशोरी बलात्कार आरोपमा युवक पक्राउ


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– १५ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार धुलिखेल नगरपालिका–८ का २३ वर्षीय जयराम चौलागाईलाई बलात्कार आरोपमा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार धुलिखेलकै १५ वर्षीय बालिकालाई खाजा खुवाउने निहुमा भक्तपुर हुँदै काठमाडौंको सुन्धार पु¥याएर बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

यही असार ५ गते बिहान १० बजेदेखि बालिका हराएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा निवेदन दिएका थिए । खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी बृत्त जनसेवाको टोलीले आइतबार सुन्धारामा बालिकालाई फेला पारेको थियो ।

बालिकाको बयानका आधारमा जयरामलाई पनि सुन्धारा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । जयरामविरुद्ध बालिकाकी आमाले महानगरीय प्रहरी वृत्त जगातीमा किटानी जाहेरी दिएकी छन् ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  १ : ०० बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी