दलित भन्दै कोठा नदिने घरबेटीलाई छुवाछुत विरुद्धको मुद्दामा म्याद थप | Khabarhub Khabarhub

दलित भन्दै कोठा नदिने घरबेटीलाई छुवाछुत विरुद्धको मुद्दामा म्याद थप


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दलित थाहा पाएपछि कोठा नदिने घरधनीलाई प्रहरीले पक्राउ गरि तीन दिनको म्याद लिएर अनुसन्धान शुरु गरेको छ ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारले बबरमहलकी सरस्वती प्रधानलाई पक्राउ गरेर छुवाछुत विरुद्धको मुद्दामा तीन दिने म्याद लिएर अनुसन्धान सुरु गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार प्रधानले सञ्चारकर्मी रुपा सुनारलाई कोठा दिन अस्वीकार गरेकी थिइन् ।

आइतबार पक्राउ गरेर प्रहरीले उनीमाथि जातीय विभेद र छुवाछुतविरुद्धको कसुरमा अनुसन्धान शुरु गरेको छ । जिल्ला अदालत काठमाडौँबाट ३ दिनको म्याद लिएर अनुसन्धान शुरु गरिएको एसपी बस्नेतले बताए ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ८ : ३० बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा