शिव र रचनाको ‘सुनको चन्द्रमा’ | Khabarhub Khabarhub

शिव र रचनाको ‘सुनको चन्द्रमा’


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक शिव परियार र गायिका रचना रिमालको स्वर रहेको गीत ‘सुनको चन्द्रमा’ को भिडियो सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको संगीत, पुष्प आचार्यको शब्द र ओम सुनारको एरेन्ज रहेको छ ।

भिडियोमा शंकर बिसी, शोभित बस्नेत, उत्सव अधिकारी, दीपा–दमन्ता र डा. प्रतिक्षा पौडेलको अभिनय छ । भरतपुरको पटिहानीमा छायांकन गरिएको भिडियोमा पटिहानीको अम्रेला स्ट्रिट, राप्ती नदी, थारु संस्कृति, बोटे संस्कृति र हात्ती सफारीलाई देखाइएको छ ।

शंकर बिसीको निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोमा दुर्गा पौडेलको छायांकन, नवीन घर्ती मगरको सम्पादन छ । भिडियो रवी एण्ड उषा मिडियाले निर्माण गरेको हो ।

महेश्वरमान राजभण्डारीको मिक्सिङ तथा मास्टरिङ रहेको सार्वजनिक गीत गायक शिवको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ६ : ३० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र