७६ (५) को प्रधानमन्त्री ओली कि देउवा ? | Khabarhub Khabarhub

७६ (५) को प्रधानमन्त्री ओली कि देउवा ?


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी परेपछि को नियुक्त होला भन्ने चासो भएको छ ।

देउवाले कांग्रेस, माओवादी केन्द्र, जसपाको यादव–भट्टराई पक्ष र नेकपा एमालेको नेपाल–खनाल पक्षसहित १४९ जना सांसदको हस्ताक्षर बुझाएर दाबी पेश गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेकपा एमालेका र जसपाको ठाकुर–महतो पक्षका सांसदको समर्थनसहित दाबी पेश गरेका छन् । ओली पक्षमा १५३ जना सांसद रहेको भनिएको छ । ओली पार्टी अध्यक्ष समेत रहेकाले सांसदहरुको हस्ताक्षरका साथ उनले पार्टीको पत्र पनि पेश गरेका छन् ।

उता जसपामा ठाकुर–महतो पक्षले बहुमत रहेको दाबीसहित पार्टीले ओलीलाई समर्थन गर्ने पत्र पनि बुझाएको छ । एमालेका केही सांसदको हस्ताक्षर दुवैतिर परेको छ । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ जना सांसद छन् । दुवै पक्षको दाबी अनुसार सांसद संख्या ३०२ पुगेको छ ।

यसअघि २०७४ फागुनमा धारा ७६(२) अनुसार ओलीलाई प्रधमानमन्त्री नियुक्त गर्दा नेकपा माओवादी केन्द्रले समर्थनको पत्र राष्ट्रपति कार्यालयमा बुझाएको थियो ।

देउवा र ओली दुवैले बहुमत दाबी गरेकाले खास बहुमत कसको हो भन्ने थाहा पाउन सनाखत गर्नुपर्ने हुन्छ । सामान्यतया राष्ट्रपति कार्यालय हस्ताक्षर प्रमाणित गर्न सनाखततिर लाग्ने छैन, पार्टीको आधिकारिक पत्र हेर्नेछ । आधिकारिक पत्रसहित हस्तक्षरसमेत भए अझ सजिलो हुनेछ ।

अब देउवा र ओलीमध्ये कसको दाबीले मान्यता पाउला भन्ने कुरा राष्ट्रपति विद्यादेवी भण्डारीको स्वविवेक र राजनीतिक चाहनामा भर पर्नेछ । पल्ला ओलीको पक्षमा भारी हुन सक्नेछ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ५ : २३ बजे

भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते

नयाँदिल्ली– भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै

धादिङ– धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृति मार्फत आन्तरिक तथा

युक्रेनमा रुसलाई सफलता

रुस – भ्लाडिमिर पुटिनको रुसी सेनाले पूर्वी युक्रेनका थप तीन

‘नेपाल यस कारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई

फ्रेन्च लिग वान : तीन खेल अगावै पीएसजीलाई उपाधि

काठमाडौं– फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले