सर्वस्वसहित जन्मकैदको सजाय पाएका व्यक्ति १९ वर्षपछि पक्राउ | Khabarhub Khabarhub

सर्वस्वसहित जन्मकैदको सजाय पाएका व्यक्ति १९ वर्षपछि पक्राउ


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपन्देही प्रहरीले अदालतबाट सर्वस्वसहित जन्म कैदको सजाय पाएका एक ब्यक्तिलाई १९ वर्ष पछि पक्राउ गरेको छ ।

पुनरावेदन अदालत बुटवलले २०५९ माघ १५ गतेको फैसलाले कर्तब्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद भई फरार रहेका प्रतिवादी रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. ३ रुद्धपुरका यमबहादुर क्षेत्री १९ वर्षपछि पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले आफ्नै घरमै फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमिक्त प्रहरी प्रवक्ता भाष्कर चन्दले जानकारी दिए ।

भारतमा लुकिछिपि बस्दै आएको र अहिले नेपाल आएको प्रहरीलाई सुचना मिलेपछि पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका क्षेत्रीलाई जिल्ला अदालतमा कैद भुक्तानीको लागि बुझाई कारागार चलान गरेको प्रहरीले बताएको छ ।

बैशाख यता रुपन्देही प्रहरीले १० वर्ष भन्दा बढि सजाय भएका फरार प्रतिवादीहरु हालसम्म ११ जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले फरार प्रतिवादी विरुद्धको अप्रेशन कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १० : ४९ बजे

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ