म्यानचेस्टर सिटीका डियासलाई ‘फुटबलर अफ दि इयर’ अवार्ड | Khabarhub Khabarhub

म्यानचेस्टर सिटीका डियासलाई ‘फुटबलर अफ दि इयर’ अवार्ड


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका डिफेन्डर रुबेन डियासले ‘एफडब्लुए फुटबलर अफ दि इयर’ अवार्ड जितेका छन् ।

यस सिजनको उत्कृष्ट खेलाडी बन्दै डियासले फुटबल राइरटर्स एसोसिएसनले प्रदान गर्ने ‘फुटबलर अफ दि इयर’ अवार्ड जितेका हुन् । एसोसिएसनले बिहीबार पोर्चुगिज डियासलाई ‘फुटबलर अफ दि इयर’ घोषित गरेको हो ।

अवार्ड जित्ने क्रममा उनले सिटीकै केभिन डी ब्रुएन र टोटेनहमका ह्यारी केनलाई पछि पारे । यस सिजन सिटीले प्रिमियर लिगको उपाधि जितेको छ । र, सिटीको उपाधि यात्रामा डियासले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

२४ वर्षीय डियास यस अवार्ड जित्ने दोस्रो डिफेन्डर हुन् । यस अघि लिभरपुलका स्टिभ निकोलले १९८९ मा यस अवार्ड जितेका थिए ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १२ : ३३ बजे

ठाढीसहितका सीमानाका दुई चरणमा आठ दिन बन्द हुने

सिरहा– छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत

धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण अलपत्र

कैलाली– धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा

मुहान सुकेपछि ट्याङ्करको पानीमा निर्भर

पाँचथर– सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने

सयको नोटमा चुच्चे नक्साबारे भारतको असन्तुष्टि

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा