गोङ्गबुमा सवारी दुर्घटनामा एकको मृत्यु | Khabarhub Khabarhub

गोङ्गबुमा सवारी दुर्घटनामा एकको मृत्यु


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको गोङ्गबुमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–२६ स्थित गोङ्गबु चोकमा प्रदेश नं ३–०१–००१ क ५३५२ नम्बरको मिनिट्रकले बा ६५ प ६७१६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सर्लाही विष्णु गाउँपालिका–२ की १८ वर्षीया शिल्पा ठाकुरको आज मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते ठाकुरको उपचारका क्रममा ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल धापासीमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा उदयपुर कटारिकी १८ वर्षीया क्रिस्मा विष्ट घाइते भएकी छन् ।

घाइते विष्टको ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल धापासीमा उपचार भइरहेको प्रहरीको भनाइ छ । फरार रहेका मिनिट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  १० : ०६ बजे

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं– पाकिस्तान–अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी–२० विश्वकपको समयमा

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग 

काठमाडौं– जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न

इजराइलद्वारा पूर्वी रफाहबाट एक लाख मानिसको सुरक्षित स्थानान्तरण

जेरुसेलम– इजराइली सेनाले सोमबार दक्षिणी सहर गाजामा सम्भावित स्थलगत आक्रमण

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

संकटमा माटोका भाँडा व्यवसायी

कैलाली– पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि