गोकर्णेश्वर नगरपालिकाले आगामी १६ गतेदेखि विद्यालयस्तरी परीक्षा सञ्चालन गर्ने | Khabarhub Khabarhub

गोकर्णेश्वर नगरपालिकाले आगामी १६ गतेदेखि विद्यालयस्तरी परीक्षा सञ्चालन गर्ने


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले विद्यालयस्तरी परीक्षा पूर्वनिर्धारित समयमै सञ्चालन गर्ने भएको छ ।

नगर शिक्षा समितिको बुधबार बसेको बैठको निर्णयानुसार स्वास्थ्यसम्बन्धी आवश्यक सुरक्षा अपनाएर परीक्षा सञ्चालन गर्ने भएको हो ।

नगरपालिकाले बुधवार विज्ञप्ति जारी गर्दै परीक्षा सञ्चालन सम्बन्धमा आम सरोकारवालाहरू, शिक्षाका पेशागत संघसंस्थाका पदाधिकारीहरूसँगको छलफल एवं प्राप्त सल्लाह सुझावका आधारमा परीक्षा पूर्व निर्धारित मितिमा नै सञ्चालन गर्ने लागेको जनाएको हो ।

नगरपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालयलाई आगामी १६ देखि विद्यालय तहका कक्षा १–९ लगायत कक्षा ८ को परीक्षा स्वास्थ्य सुरक्षाको मापदण्ड पुर्ण रुपमा पालना गरेर सञ्चालन गर्न निर्देश दिएको हो । परीक्षा वैशाख २४ गतेसम्म सञ्चालन हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तो छ सूचना 

 

 

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ९ : ४५ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम