मेगा बैंक र भोटेवहाल तयारी पोशाक उत्पादन तथा बिक्रेता संघबीच सम्झौता | Khabarhub Khabarhub

मेगा बैंक र भोटेवहाल तयारी पोशाक उत्पादन तथा बिक्रेता संघबीच सम्झौता


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेगा बैंकले विपन्न बर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीहरुलाई व्यवसाय प्रबद्र्धन गर्ने उद्धेश्यले भोटबहाल तयारी पोशाक उत्पादन तथा विक्रेता संघसँग सम्झौता गरेको छ ।

सम्झौता पत्रमा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत रवीना देशराज श्रेष्ठ र भोटेबहाल तयारी पोशाक उत्पादन तथा बिक्रेता संघका तर्फबाट वरिष्ठ उपाध्यक्ष शान्तामणि रेग्मीले हस्ताक्षर गरेका छन् ।

मेगा बैंकले भोटेबहाल तयारी पोशाक उत्पादन तथा विक्रेता संघसँग आबद्ध उद्यमीहरुलाई आफ्नो ब्यवसाय विस्तार गर्नको लागि साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ । साथै, बैंकले उद्यमीहरुलाई बैंकको सम्पूर्ण सुविधाहरुका साथै क्युआर कोड पनि वितरण गर्नेछ, जसबाट बैंकिङ्ग कारोवार गर्न सहज र सरल हुने बैंकको विश्वास रहेको छ ।

मेगा बैंककी नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भोटेबहाल वजारका उद्यमीहरुलाई बैंकको नजिकैको शाखा कार्यालयहरुमार्फत छिटो छरितो ढंगले सहुलियतपूर्ण कर्जा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरिन ।

साथै, संघका वरिष्ठ उपाध्यक्ष रेग्मीले मेगा बैंकले बिनाधितो सहुलियपूर्ण व्याज अनुदान कर्जालाई प्राथमिकताका साथ प्रवाह गर्दै आएकोले मेगासँग सहकार्य गरेको बताए ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ३ : ४९ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर