वाईसीएलका १ लाख ६५ हजार सदस्य थप गरिने | Khabarhub Khabarhub

वाईसीएलका १ लाख ६५ हजार सदस्य थप गरिने


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ् कम्युनिष्ट लिग (वाईसीएल)ले सदस्यता थप गर्ने निर्णय गरेको छ ।

वाइसीएलको काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको चौथौ पूर्ण बैठकबाट पुरानो सदस्यताको नवीकरण गर्दै प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १ हजारका दरले १ लाख ६५ हजार सदस्यता थप गर्ने निर्णय गरेको अध्यक्ष राम प्रसाद सापकोटा ‘दीपशिखा’द्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सदस्यता वितरण चैत्र महिनाभित्र गरिसक्ने निर्णय भएको पनि वाइसीएलले जनाएको छ । बैठकले संगठनको विधान संशोधन गर्दै केन्द्रीय समितिको संख्या १६१ सदस्य हुने तय गरेको छ । तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच सम्पन्न एकता सर्वोच्च अदालतको फैसलाले भंग गरेसँगै वाइसीएल पनि ब्युँतिएको हो ।

वाइसीएलले संगठनको राष्ट्रिय भेला आउँदो ०७८ साल जेठ २८–३० गते काठमाडौंमा सम्पन्न गर्ने निर्णय पनि भएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ७ : ३३ बजे

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका