ओछ्यानसहित झा दम्पत्ति बेपत्ता पारेको घटनाका चार अभियुक्त पक्राउ | Khabarhub Khabarhub

ओछ्यानसहित झा दम्पत्ति बेपत्ता पारेको घटनाका चार अभियुक्त पक्राउ


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– महोत्तरीको पिपरा गाउपालिका ५ का मुसाफिर झा र उनकी पत्नी गितादेवीको अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

ओछ्यानसहित झा दम्पत्ति बेपत्ता पारेको घटनाका चार अभियुक्तलाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले महोत्तरीको पिपरा गाउपालिका ५ का ५२ वर्षीय रामबाबु यादव, उनका छोराद्वय २६ वर्षीय सुरेन्द्र यादव र २४ वर्षीय राजेन्द्र यादव तथा भारत विहारको मधुवनी घर भइ महोत्तरीकै बनौलीमा बस्दै आएका हरेन्द्र ठाकुरलाई पक्राउ गरेको हो ।

घटनामा उनी चारै जनाको संलग्नता देखिएकाले पक्राउ गरिएको महोत्तरी प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्य जानकारी दिए ।

‘उनीहरुले अपहरण गरेको नस्वीकारे पनि अनुसन्धानबाट संलग्नता पुष्टि भइसकेको छ,’ एपी आचार्यले भने, ‘आरोपीको घरबाट प्रमाणसमेत बरामद भएको छ ।’

झा दम्पतीलाई जग्गा बेच्न दबाब दिएको र नबेचेपछि अपहरण गरेको अनुसन्धानबाट खुलेको उनले बताए ।

झा दम्पतीको गत फागुन १० गते राति अपहरण भएको थियो ।

घटनामा संलग्नहरु पक्राउ परेको दावी प्रहरीले गरे पनि झा दम्पतीको अवस्था अझै अज्ञात छ । एसपी आचार्यले पक्राउ परेकाहरुले झा दम्पतीलाई कहाँ राखेको भन्ने कुरा अझै नखुलाएको जानकारी दिए ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ७ : ०१ बजे

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ