आर्मीले जित्यो इलाम आमन्त्रण खुल्ला पुरुष भलिबलको उपाधि | Khabarhub Khabarhub

आर्मीले जित्यो इलाम आमन्त्रण खुल्ला पुरुष भलिबलको उपाधि


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– त्रिभुवन आर्मी क्लबले दोस्रो संस्करणको इलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

आजको फाइनल खेलमा भारतीय खेलाडी सम्मिलित विमान ट्रेडर्स विर्तामोडलाई पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।

इलामको ठूलो टुँडिखेलमा भएको फाइनलमा आर्मीले विमानलाई ३-२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । आर्मीले विमानलाई १७-२५, २२-२५, २५-१४, २५-१८ र १५-१२ ले हराउँदै उपाधि जितेको हो ।

सुरुवाती दुई सेट गुमाएको आर्मीले त्यसपछि उत्कृष्ट प्रर्दशनका साथ लगातार तीन सेट जित्दै उपाधि जितेको हो । आर्मीले विमानलाई समूह चरणमा ३-२ ले पराजित गरेको थियो ।

उपाधिसँगै आर्मीले २ लाख नगद पुरस्कार जितेको छ । उपबिजेता बनेको विमानले १ लाख प्राप्त गरेको छ।

प्रतियोगिताको सेमिफाइनलमा आर्मीले नेपाल पुलिस क्लबलाई तथा विमानले नेपाल एपीएफ क्लबलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।

आर्मी समूह ‘ए’ को विजेता तथा विमान उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ३ : ३९ बजे

व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी

अत्तरिया– कैलालीमा व्यावसायिक तरकारी खेतीमा किसानले जोड दिन थालेका छन्

प्रधानमन्त्रीको दाबी : यो सरकारले देश र जनताको हितमा ऐतिहासिक काम गरेको छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको

बृखबहादुरको ९०औँ बर्थडे : करोडको जग्गा दान

सुनसरी– धरान १४ विजयपुर बस्ने बृखबहादुर डंगोलले आफ्नो ९०औँ जन्म

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा

वीरगञ्ज– नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर