चलचित्र उपकरण संघमा विश्वप्रकाश | Khabarhub Khabarhub

चलचित्र उपकरण संघमा विश्वप्रकाश


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चलचित्र उपकरण संघको नयाँ अध्यक्षमा विश्वप्रकाश गौचन चयन भएका छन् । गत असोज ५ गते विश्वको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

संस्थाको शनिबार सम्पन्न १३ औं साधारण सभा तथा प्रथम विधान सभामा नवनिर्वाचित कार्यसमितिको घोषणा गरिएको थियो ।

समितिको उपाध्यक्षमा रमेश बुढाथोकी, महासचिवमा केशव घिमिरे, कोषाध्यक्ष जीवन थापा र सदस्यहरुमा माधव थापा, विष्णु कल्पित, रुद्र गुरुङ, मनोज राजभण्डारी, राजन पुरी, शान्तिराम थापा र चेतनाथ तिमल्सिना चयन भएका छन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा संघका निवर्तमान महा–सचिव सम्राट सापकोटाले अध्यक्षता गरेका थिए ।

बोर्ड अध्यक्ष दाहालले संघसंस्थाको आपसी संयोजन हुन जरुरी रहेको बताए । उनले फिल्म क्षेत्रलाई चलायनमान बनाउन फिल्म निर्माण आवश्यक रहेकाले त्यसमा उपकरणको काम महत्वपूर्ण रहेको जनाए ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  १ : ५५ बजे

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि