ओलीलाई डा. भट्टराईको कटाक्ष- नेपाली हिटलरले सवैमाथि खड्ग चलाउँदैछ, होशियार ! | Khabarhub Khabarhub

ओलीलाई डा. भट्टराईको कटाक्ष- नेपाली हिटलरले सवैमाथि खड्ग चलाउँदैछ, होशियार !


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेकपा एमालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई थप शक्तिशाली बनाउँदै लगेपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले त्यसमा कटाक्ष गरेका छन् ।

एमालेको विधान संसोधन गर्दै अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई समानुपातिक सांसद हटाउन सक्ने अधिकार दिएको भोलिपल्ट आइतबार बिहान ट्वीट गर्दै डा.भट्टराईले ओलीलाई कटाक्ष गर्दै नेपाली हिटलरको संज्ञा दिएका छन् ।

ओली र एमालेको नाम नलिइकन कटाक्ष गर्दै जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका डा.भट्टराईले  हिटलरको उदाहरण दिँदै क्रमशः सबैमाथि प्रतिगमनकारी प्रहार हुन सक्ने खतरा औँल्याएका छन् ।

‘हिटलरबारे चर्चित भनाइ छ– ‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे, म बोलिनँ । किनकी म यहुदी थिइनँ…अन्त्यमा उनीहरू मविरूद्ध आइलागे,कोही पनि बोलेन । किनकि कोही पनि बाँकी थिएन,’ सामाजिक सञ्जामार्फत आफ्नो धारणा राख्दै डा. भट्टराईले सचेत गराएका छन्, ‘नेपाली हिटलरको उदय त्यसरी नै भैरहेछ ! उसले पार्टी, राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँदैछ ! होसियार !

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ८ : २५ बजे

कर्णाली नदीमा किशोरीको शव फेला

बाजुरा- कर्णाली नदीमा शनिबार दिउँसो एक महिलाको शव फेला परेको

आजका समाचार : संसदीय दलको बैठकदेखि क्रिकेटमा नेपाल विजयीसम्म

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित

बोर्नमाउथमाथि आर्सनल ३-० ले विजयी

काठमाडौं– इङ्लिश प्रिमियर लिग अन्तर्गत आर्सनलले बोर्नमाउथमाथि शानदार जित हासिल

विशेष बाल अदालत आवश्यक : मन्त्री चौधरी

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले विशेष

दलभन्दा देशमाथि छ भन्ने कुरालाई आत्मसाथ गरौँ  : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै नरहे