बाबुराम भट्टराई उपचारका लागि दिल्ली प्रस्थान | Khabarhub Khabarhub

बाबुराम भट्टराई उपचारका लागि दिल्ली प्रस्थान


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

नेपाल एयरलाइन्सको जहाजमार्फत बिहान साढे ११ बजे भट्टराई दिल्ली प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौँको निदान अस्पतालमा उनको स्वस्थ्य परीक्षण तथा उपचार भइरहेको थियो ।

न्यूरो–इन्डोक्राइनको ट्युमर भएको आशंकामा चिकित्सकको सल्लाह तथा सिफारिसअनुसार दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’मा उपचार गराउनु हुने भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए ।

भट्टराईसँग श्रीमती हिसिला यमी र प्रेस सल्लाहकार पाण्डे दिल्ली गएका छन् । उपचारका लागि दिल्लीमा रहँदा भट्टराईको बसाइ दिल्लीस्थित नेपालको दूतावासमा हुने छ ।

दिल्ली प्रस्थान गर्नु पूर्व भट्टराईले नातिलगायतसँग विदावारी भएर स्वास्थ्य उपचारका निम्ति दिल्लीतिर लागियो भनेर सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै परिवारसहितको तस्वीर राखेका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ११ : ३६ बजे

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।