‘बाटो काटिएला’मा दीपक लिम्बु | Khabarhub Khabarhub

‘बाटो काटिएला’मा दीपक लिम्बु


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रथम ‘नेपाली तारा’ तथा गायक दीपक लिम्बुको नयाँ गीत ‘बाटो काटिएला’को म्युजिक भिडियो सार्वजनिक भएको छ । ताराप्रकाश लिम्बुको संगीत तथा बी पाण्डेको शब्द रहेको गीतमा गोपाल रसाइलीको एरेन्ज छ ।

दीपककै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतको भिडियोमा बादल श्रेष्ठ, प्रतिक्षा थापा मगर, दीपक पछल्दंग्या र मौसम राई फिचर्ड छन् ।

भीषण राई निर्देशित भिडियोमा भोजपुरदेखी सुनसरी हिँडेको लाहुरे तन्नेरीको भावनालाई कैद गरिएको छ । पर्यटकीय नगर चतराको जल यात्रालाई पनि भिडियोमा समेटिएको छ ।

भिडियोमा सुमन तामाङको क्यामेरा र ड्रोन, बारत लिम्बुको सह–निर्देशन तथा अनिल राणाको सम्पादन छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ११ : १५ बजे

वेस्टइन्डिज ए ले बनायो २०० रन 

काठमाडौं– नेपाल र वेस्टइन्डिज ए बीचको पाँच खेलको टी-ट्वेन्टी सिरिजको

निर्वाचन आचारसंहित उल्लंघन गरेका रास्वपा उम्मेदवार लिम्बूलाई के हुन्छ कारबाही ?

इलाम – इलाम-२ मा भइरहेको उपनिर्वाचनमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका

इलाममा ४३ प्रतिशत मत खस्यो

इलाम- इलाम २ को उपनिर्वाचनमा ४३ प्रतिशत मत खसेको जिल्ला

लगानी सम्मेलनलक्षित ऐन संशोधन अध्यादेशको कांग्रेसद्वारा विरोध

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लगानी सम्मेलन लक्षित ऐन

वेस्ट इन्डिज ‘ए’ का कार्टिले गुमाए विकेट

काठमाडौं- नेपालले वेस्ट इन्डिज ए विरुद्ध चौथो सफलता हासिल गरेको छ