किन आउँछ शरीरमा घमौरा ? यस्तो छ उपचार विधि | Khabarhub Khabarhub

किन आउँछ शरीरमा घमौरा ? यस्तो छ उपचार विधि


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शरीरमा पसिना एवं गर्मीको कारणले स–साना दानाहरु, जुन चिलाउँछ र कमिलाले टोकेको जस्तो पीडा हुन्छ । यी दानाहरुमा पीप हुँदैन । यी दानाहरु एकै साथ अधिक संख्यामा हुन्छन् । यिनीहरुलाई नै ‘घमौरा’ भनिन्छ ।

विशेष गरी अधिक तातो लुगा या नाइलन एवं रेशमी लुगा लगाउनु, शरीरमा मैला जम्नु, अधिक पसिना आउनु, खुल्ला एवं हावा लाग्ने स्थानको अभाव, अधिक तातो पदार्थहको सेवन, शरीर धेरै कपडाहरुले ढाकिनु आदि कारणले घमौरा निस्कन्छ ।

घरेलु उपचार

१.    घमौरामा मुलतानी माटोको लेप गर्नाले गर्मी शान्त हुन्छ र घमौराहरुको पीडा कम हुन्छ ।

२.    घमौरामा केलोमल लोशन लगाउनाले चिलाउन कम हुन्छ एवं जलन मेटिन्छ ।

३.    सरसिउँको तेलमा कपूर हालेर लगाउनाले घमौराहरु शान्त हुन्छन् ।

४.    घमौरामा टेलकम पाउडर लगाउनाले पनि जलन मेटिन्छ ।

५.    घमौरामा खरानी दल्नाले पनि घमौराहरु बिजाउँदैनन् ।

६.    घमौरामा गोबर लगाउनाले पनि शीतल मिल्दछ र चिलाइ शान्त हुन्छ ।

७.    गोमूत्रमा सुहागा र कपूर हालेर लगाउनाले घमौराहरुबाट शान्ति मिल्दछ ।

साभारः घरेलु आयुर्वेदिक उपचार पुस्तकबाट

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  १० : २८ बजे

हमासको आक्रमणमा तीन इजरायली सेना मारिए, वार्ता निश्कर्षविहीन

काठमाडौं– प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी तीन इजरायली सेना

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको