राजनीतिक घटनाक्रमले आर्थिक सुधारमा प्रभाव पर्दैन : अर्थमन्त्री पौडेल | Khabarhub Khabarhub

राजनीतिक घटनाक्रमले आर्थिक सुधारमा प्रभाव पर्दैन : अर्थमन्त्री पौडेल


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा पछिल्ला दिनमा विकसित राजनीतिक घटनाक्रमले आर्थिक सुधारकोे निरन्तरतामा नकारात्मक प्रभाव नपार्ने बताएका छन्उ ।

प्रस्तावित ‘एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि’ कार्यक्रमबारे अन्तरराष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशक अलिसारा महासन्दना र मिसन प्रमुख लौरा इसाबेल जरमाइलो मेयरसँग श्रव्य दृश्यका माध्यमबाट आज आयोजित बैठकमा अर्थमन्त्री पौडेलले अहिलेको राजनीतिक घटनाक्रम संसदीय राजनीतिक प्रणालीको एउटा प्रक्रिया भएको बताए ।

उनले नेपालमा विगतमा पनि मध्यावधि निर्वाचन भएकाले आर्थिक सुधार अवरोध हुन्छ कि भनी चिन्तित नहुन आग्रह गरे ।

अर्थमन्त्री पौडेलले नेपाल सरकारका आर्थिक र सामाजिक क्षेत्रका नीति संविधानबाटै निर्देशित भएको उल्लेख गर्दै राजनीतिक विषयमा दलको छुट्टाछुट्टै मत र धारणा भए पनि समग्र आर्थिक तथा सामाजिक विकासमा सिङ्गो राष्ट्र र धारणालाई सरकारले प्रतिनिधित्व गरेको बताए ।

अर्थमन्त्री पौडेलले एक्सटेन्डेट क्रेडिट फ्यासिलिटी कार्यक्रम कुनै व्यक्ति वा दल विशेषका लागि लक्षित नभई नेपालको समग्र आर्थिक विकाससँग सम्बन्धित विषय भएकाले निर्वाचनपछि गठन हुने सरकारले पनि कार्यान्वयनलाई निरन्तरता दिनेमा विश्वस्त हुन आग्रह गरे ।

उनले एक्सटेन्डेट क्रेडिट फ्यासिलिटी कार्यक्रममा उल्लेखित विषया संरचनागत सुधार, स्रोत व्यवस्थापन, वित्तीय सङ्घीयता तथा वित्तीय सुशासनका लागि निकै महत्वपूर्ण र दीर्घकालीनरुपमा प्रभाव राख्ने प्रकृतिका रहेको बताए ।

कोभिड १९ को प्रभावको कारण सिर्जना भएको असहज परिस्थितिबाट अर्थतन्त्रलाई जोगाउन सरकारले अङ्गीकार गरेको आर्थिक पुनरुत्थान तथा रोजगारी सिर्जनासम्बन्धी कार्यक्रमका लागि अझ समसामयिक भएको भन्दै अर्थमन्त्री पौडेलले प्रस्तावित संरचनागत सुधार कार्यक्रमले नेपालको अर्थतन्त्रको सुरक्षाका लागि महत्वपूर्ण योगदान गर्ने विश्वास लिएको धारणा व्यक्त गरे ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ११ : २० बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने