‘कोभिडविरुद्धको खोपमा सहज पहुँच सुनिश्चित हुनुपर्छ’ | Khabarhub Khabarhub

‘कोभिडविरुद्धको खोपमा सहज पहुँच सुनिश्चित हुनुपर्छ’


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालले कोभिड–१९ को महामारीबाट पार पाउन अत्यावश्यक औषधि तथा खरीद गर्न सकिने खोपमा सहज  पहुँच सुनिश्चित गर्नु अपरिहार्य भएकामा जोड दिएको छ ।

एशिया सहयोग संवाद (एशिया कोअपरेशन डाइलग, एसिडी) को ‘नव प्राकृतिक, सुरक्षित एवं स्वस्थ पर्यटन’ विषयमा टर्कीको राजधानी अङ्कारामा आज भएको १७ औँ मन्त्रिस्तरीय बैठकलाई अप्रत्यक्षरुपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ महामारीविरुद्धको लडाइँमा एसिडीका सदस्य राष्ट्र र निजी क्षेत्रका व्यापारिक प्रतिष्ठानबीच सघन सहयोग एवं साझेदारी अपरिहार्य भएको बताए ।

पर्यटन क्षेत्रसहित अर्थतन्त्र, जनजीविका र जीवनचक्रका सबै पक्षलाई कोभिड–१९ अघिको अवस्थामा फर्काउन सदस्य मुलुकबीच त्यस्तो साझेदारी एवं सहयोग अत्यावश्यक भएको उनको कथन थियो ।

भोक र रोगबाट आफ्ना नागरिकको जीवन रक्षा गर्नु नेपाल सरकारको उच्च प्राथमिकता भएको बताउँदै परराष्ट्रमन्त्रीले अर्थतन्त्रलाई गतिशील तुल्याउने तथा रोजगारीका अवसर गुम्न नदिन पर्यटनसँग सम्बन्धित गतिविधिमा स्वास्थ्यसुरक्षासम्बन्धी सबै नियम इमान्दारीपूर्वक कार्यान्वयन गरिएको जानकारी दिए ।

पूर्वाधार विकास तथा तिनको गुणस्तर सुधार एसिडी क्षेत्रका सबै किसिमका सम्पर्क सञ्जालका निम्ति महत्वपूर्ण छन् भन्दै उनले नेपाजस्तो भूपरिवेष्टित देशका लागि अविकासको खाडल पुर्न तथा न्यायोचित एवं समावेशी विकासका निम्ति त्यस्ता पूर्वाधारको खाँचो रहेको बताए ।

एशियाली देशहरुको शान्ति, स्थायित्वका साथै साझा विकास र समृद्धिका लागि सदस्य राष्ट्रहरूबीच आपसी विश्वास, समझदारी, सहयोग र सहकार्य अझ घनिभूत हुनुपर्नेमा मन्त्री ज्ञवालीले जोड दिनुभयो । एसिडीको वर्तमान अध्यक्ष राष्ट्र टर्कीले उक्त बैठक आयोजना गरेको हो ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ८ : ११ बजे

हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय बढी लाभान्वित

हुम्ला– हुम्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन