शाहरुखको पठान सुटिङ सेटमा झगडा | Khabarhub Khabarhub

शाहरुखको पठान सुटिङ सेटमा झगडा


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– बलिउड अभिनेता शाहरुख खान हालका दिनमा निर्देशक सिद्धार्थ आनन्दको फिल्म ‘पठान’को सुटिङमा व्यस्त छन् ।

यो फिल्ममा दीपिका पादुकोण र जोन अब्राहमको पनि अभिनय छ । केही दिन अघि मात्र फिल्मको सुटिङ सेटमा निर्देशक सिद्धार्थ र उनको सहायकबीच झगडा भएको खबर बाहिर आएको थियो ।

समाचार अनुसार निर्देशक आनन्दले एक सहायकलाई फोनसँगै नराख्न भनेका थिए । तर सहायकले यो कुरालाई मानेनन् । जब सिद्धार्थले सहायकलाई हप्काए, त्यसपछि दुई पक्षबीच विवाद सुरू भएको थियो । माहोल तातिदै गएपछि सिद्धार्थले सहायकमाथि हात उठाए ।

यसको प्रतिषोधमा सहायक पनि सिद्धार्थमाथि जाइलागे । जसकारण सेटको माहोल बिग्रियो र सुटिङ रोक्नु पर्यो ।

यो घटनापछि यशराज फिल्मस्ले ती सहायकलाई कामबाट निकालेको छ । तर घटनालाई लुकाउनका लागि सुटिङका केही सदस्यले यी सबै खबर गलत भएको दाबी गरेका छन् । निर्देशक र अन्य सदस्यबीचको सम्बन्ध सुमधुर रहेको उनीहरुको दाबी छ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  १० : १० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र