माओवादी केन्द्र बागमती प्रदेश पदाधिकारीका लागि मतदान | Khabarhub Khabarhub

माओवादी केन्द्र बागमती प्रदेश पदाधिकारीका लागि मतदान


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको बागमती प्रदेश पदाधिकारीका लागि मतदान जारी छ । अध्यक्षका उम्मेदवारद्वय सरल सहयात्री र दिननाथ गौतमले मतदान गरेसँगै चुनावी प्रक्रिया सुरु भएको हो ।

काठमाडौँको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ । बेलुकी ६ बजेदेखि मतदान हुने भनिए पनि उम्मेदवारी दर्तालगायतका प्रक्रिया लम्बिएकाले अबेर गरी मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्षका लागि पौडेल र गौतम प्रतिस्पर्धामा छन् भने तीन उपाध्यक्षका लागि दीपेन्द्र श्रेष्ठ, रुपा महर्जन, रामप्रसाद ढुंगाना, मैनकुमार मोक्तान, शिव कोइराला, श्रीगोविन्द महर्जन प्रेमबहादुर पुलामी, रामध्वज डल्लाकोटी, दिलबहादुर बिक, अमरबहादुर विश्वकर्मा गरी १० जना चुनावी मैदानमा छन् ।

सचिवका लागि धर्म महर्जन, रामचन्द्र अधिकारी, इन्द्रबहादुर थिङ, अञ्जानकुमार तिमिल्सिनाबीच प्रतिस्पर्धा हुने छ । तीन सहसचिवका लागि द्रोणबाबु सिवाकोटी १०, महेश्वर फुयाल, दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने, नवराज ढुंगाना, प्रकाश श्रेष्ठ, परशुराम रिमाल, शिवबहादुर खाती, सञ्जय लामा, लालकुमारी पुन चुनावी मैदनमा छन् ।

कोषाध्यक्षमा तोत्रकुमारी अधिकारी, विदुर खड्का र संगीता भट्टराईले उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  १० : १६ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन