कतारले कामदारको मृत्युको तथ्यांक लुकायो : आईएलओ | Khabarhub Khabarhub

कतारले कामदारको मृत्युको तथ्यांक लुकायो : आईएलओ



दोहा- कतारले आप्रबासी कामदारको मृत्युको तथ्यांक र यथार्थ लुकाएको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले आरोप लगाएको छ ।

कतारले स्वस्थ देखिने कामदारहरूको अस्पष्ट मृत्यु तथा त्यसको पर्याप्त अनुसन्धान र रिपोर्ट सार्वजनिक नगरेको आईएलओले जनाएको छ ।

सन् २०२० मा सरकारद्वारा सञ्चालित ट्रमा सेन्टर र एम्बुलेन्सहरूमा सङ्कलन गरिएको तथ्यांकले ५० कामदारको मृत्यु भएको र ५०० भन्दाबढी गम्भीर तथा ३७ हजार ६०० हल्कादेखि मध्यम घाइते भएको आईएलओले जनाएको छ ।

‘सबैभन्दा धेरै बांग्लादेश, भारत र नेपालका आप्रवासी कामदारहरू, मुख्यतया निर्माण उद्योगमा पीडित थिए। माथि उचाइबाट खस्नु र सडक दुर्घटनाहरू गम्भीर चोटपटकका मुख्य कारण हुन्, त्यसपछि कार्यस्थलहरूमा वस्तुहरू खस्नु पनि दुर्घटनाका प्रमुख कारण हो’, आईएलओले रिपोर्टमा भनेको छ ।

आईएलओले भनेको छ, ‘अधिकारीहरूले स्वस्थ कामदारहरू र गर्मी सम्बन्धी मृत्युहरू बीचको अस्पष्ट मृत्यु सहित सबै काम सम्बन्धित मृत्युलाई वर्गीकृत नगरेकाले संख्या धेरै हुन सक्छ ।’

कामदारको मृत्युको तथ्यांक लुकाइएकोलाई सम्बोधन गरिनु पर्छ, चोटपटकको राम्रो अनुसन्धान गरिनुपर्छ, आईएलओको कतार कार्यालय प्रमुख म्याक्स टुननले भनेका छन् ।

यता कतारको श्रम मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यति छोटो समयमा श्रम सुधारमा अन्य कुनै पनि देश आउन सकेको छैन, तर अझै धेरै काम गर्न बाँकी रहेको कुरा हामी स्वीकार गर्छौं।’

उसले आईएलओका सिफारिसहरूको समीक्षा गरिरहेको बताएको छ । कतारले हालैका वर्षहरूमा धेरै श्रम सुधारहरू पेश गरेको छ, जसमा कामदारहरूलाई गर्मीबाट जोगाउन र न्यूनतम ज्याला बढाउने कडा नियमहरू समावेश गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ८ : १५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र