११ लाख लिएर ४६ दिनमा आफन्तले बुझे सीता भण्डारीको शव | Khabarhub Khabarhub

११ लाख लिएर ४६ दिनमा आफन्तले बुझे सीता भण्डारीको शव


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी २७ वर्षीया सीता भण्डारीको शव ४६ दिनमा आफन्तले बुझेका छन् । माइती पक्षलाई ११ लाख रुपैयाँ दिने सहमति भएपछि शव उठेको हो ।

आत्महत्या गरेको भनिएकी सीताको मृत्युको विषयलाई लिएर आन्दोलन चर्केपछि माइती पक्षले शव उठाएका थिएनन् । आत्महत्या दुरुत्साहन मुद्दामा जिल्ला अदालत रुपन्देहीले मृतकका श्रीमान्, जेठाजु र आमाजूलाई पुर्पक्षका लागि कारागार चलान गरिसकेको छ ।

उनीहरुलाई कारागार चलान गरेको करिब दुई साता बित्दा पनि माइती पक्षले आर्थिक लेनदेनको विषयमा कुरा नमिल्दा शव उठाउन मानेका थिएनन् । तर दुई पक्षबीच भएको छलफलमा ११ लाख माइती पक्षलाई दिने गरी सहमति भएपछि शव उठाएर तिनाउको मगरघाटमा दाहसंस्कार गरिएको छ ।

स्रोतका अनुसार सीताका माइती पक्षले घरतर्फ अर्थात् पौडेल परिवारबाट ११ लाख रुपैयाँको चेक बुझेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका १७ स्थित गंगोलियामा एकजना मध्यस्थकर्ताको घरमा मंगलबार लिखित सहमति भएको थियो ।

तिलोत्तमाको कफी कम्पनी नजिकै गत १९ भदौमा २७ वर्षीया सीता भण्डारीको शंकास्पद मृत्यु भएको थियो । सीताको मृत्यु हत्या नभई आत्महत्याबाट भएको लुम्बिनी प्रादेशिक अस्पतालको पोस्टमार्टम रिपोर्टले देखाएको थियो । तर माइती पक्षले हत्या नै भएको दावी गर्दै प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले भने आत्महत्या दुरुत्साहनमा मुद्दा चलाएपछि जिल्ला अदालतले श्रीमान् टीका पौडेल, आमाजू विष्णु पौडेल र जेठाजु हरिप्रसाद पौडेललाई दुरुत्साहनमा निर्दोष देखिएको भन्न नसकिने भन्दै पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।

मंगलबार दुई पक्षबीच भएको सहमतिमा माइती पक्षले पौडेल परिवारबाट ११ लाख बुझ्ने र आगामी दिनमा अदालती प्रक्रियामा हस्तक्षेप नहुने गरी कुनै आन्दोलन नगर्ने सहमति भएको छ । न्यूज कारखाना

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ४ : २० बजे

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास