अरु पार्टी हड्बढाए, एमालेमात्र ढुक्क छः केपी ओली (भिडियोसहित) | Khabarhub Khabarhub

अरु पार्टी हड्बढाए, एमालेमात्र ढुक्क छः केपी ओली (भिडियोसहित)


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्य दलहरु हड्बडाएको आरोप लगाएका छन् ।

बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको स्पष्ट नीति र भिजनसँग अन्य दल हड्बडाएको बताए ।

उनले भने, ‘अहिले एमाले स्पष्ट भिजनका साथ काम गरिरहेको छ । हाम्रो काम र भिजनलाई देखेर अन्य दल हड्बडाएका छन् । अहिलेको सरकारमा रहेका दल पनि चुनावसम्म गठबन्धन के हुन्छ भन्ने डरका साथ अब यो गठबन्धन सँधै रहीरहन्छ चुनावसम्म भन्ने गरेका छन् । यो उनीहरु डराएर भनेको हो ।’

ओलीले अन्य दलले एमालेलाई दमन गरेको आरोप लगाउँदै अन्य दलको दमनलाई चिरेर अघि बढ्ने बताए । उनले भने, ‘हामीलाई दमन गर्ने शक्ति लागि परेको छ । त्यसलाई सामना गरेर अघि बढ्छौँ । हामीसँग धेरै चुनौति ती चुनौतिलाई सामना गरेर अघि बढ्छौँ ।’

ओलीले सही गन्तव्यमा पुग्ने पार्टी पनि एमाले मात्र भएको बताए । उनले भने, ‘गन्तव्य भएको पार्टी अर्को छैन, गन्तव्यमा पुग्ने बाटो सही भएको पार्टी अर्को छैन, बाटो सही पइल्याउने नीति भएको अर्को पार्टी छैन ।

देशव्यापी सशक्त जनआधारित जनताले विश्वास गरेको पार्टी एमाले हो । त्यो हामीसँग मात्र छ ।’

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  २ : १७ बजे

आगालागीबाट दुई घर र ‘कृषि फार्म’ जलेर नष्ट

सर्लाही– जिल्लाको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र

इलामको पाठ, सोह्र दुना आठ !

काठमाडौं- इलाम क्षेत्र नम्बर–२ मा सम्पन्न उपनिर्वाचनको नतिजा आइसकेको छ

प्रिओपन सेसन : ११ अंकले बढ्यो नेप्से

काठमाडौं– आज प्रिओपन सेसनमा नेप्से परिसूचक ११ अंकभन्दा बढीले बढ्यो

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

भातै पोखिएपछि माडको के माया ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने