उत्तराखन्डमा बाढीको बितन्डाः ४६ को मृत्यु, दर्जनौं घर डुबानमा | Khabarhub Khabarhub

उत्तराखन्डमा बाढीको बितन्डाः ४६ को मृत्यु, दर्जनौं घर डुबानमा


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उत्तराखण्ड– भारतको उत्तराखण्डमा अबिरल वर्षापछिको बाढी र पहिरोमा कम्तिमा ४६ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा अझै केही हराइरहेका छन् । बाढी पहिरोका कारण दर्जनौ घर डुबानमा पर्नुका साथै सडक जलमग्न भएका छन भने पुल तथा संरचना भत्किएका छन् ।

पर्यटकहरुको महत्वपूर्ण गन्तव्य मानिने उत्तराखन्डमा आएको पछिल्लो बाढीलाई विज्ञहरुले जलवायु परिवर्तन र जथाभावी निर्माण भएका संरचनासँग जोडेका छन् ।

बाढीले भारतको दक्षिणी राज्य केरलासमेत प्रभावित छ । केरलामा बाढीबाट २६ जनाको मृत्यु भइसकेको छ । दुबै राज्यमा यो वर्ष अत्यधिक वर्षा भएको त्यहाँको मौसम विभागले जनाएको छ ।

केरलामा यो वर्ष ४५३ दशमलब ५ मिलिमिटर वर्षा भएको छ । गत वर्ष १९२ दशमलब ७ मिलिमिटर वर्षा भएको थियो । सामान्यतया अक्टोबरमा ३० मिलिमिटर पानी पर्ने उत्तराखण्डमा पछिल्लो २४ घन्टामा मात्र १२२ दशमलब ४ मिलिमिटर वर्षा भएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  १२ : ३० बजे

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि