उत्तर कोरियाले पनडुब्बीबाट मार हान्न सकिने क्षेप्यास्त्र प्रहार गरेको पुष्टि | Khabarhub Khabarhub

उत्तर कोरियाले पनडुब्बीबाट मार हान्न सकिने क्षेप्यास्त्र प्रहार गरेको पुष्टि


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्योङयाङ- उत्तर कोरियाले पनडुब्बीबाट मार हान्न सकिने एउटा नयाँ व्यालिष्टिक मिसाइल सफलतापूर्वक परीक्षण गरेको पुष्टि गरेको छ । यसअघि दक्षिण कोरियाली सेनाले उत्तरले क्षेप्यास्त्र प्रहार गरेको हुन सक्ने बताएको थियो । उत्तरले प्रहार गरेको अस्त्र जापानी तटदेखि टाढा रहेको एउटा समुद्रमा खसेको थियो ।

परीक्षण गरिएको क्षेप्यास्त्रमा नियन्त्रण गर्ने सक्ने आधुनिक प्रविधि जडान गरिएको जनाइएको छ । यसअघि सन् २०१६ मा परीक्षण गरिएको उपकरणबाट पछिल्लो क्षेप्यास्त्र परीक्षण गरिएको जनाइएको छ ।

उत्तर कोरियाले पछिल्लो समयमा ऋंख्लाबद्ध रुपमा आणविक परीक्षण गरेको छ । केही साताअघि उसले आवाजभन्दा चाँडो पुग्ने हाइपरसोनिक र लामो दूरीसम्म मार हान्न सक्ने अस्त्र परीक्षण गरेको पुष्टि गरेको थियो ।

मंगलबारको परीक्षणको समयमा उत्तर कोरियाली नेता किम जोङ उन भने अनुपस्थित थिए । उत्तर कोरियाको आणविक परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले प्योङयाङमाथि प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  १० : १४ बजे

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।