कर्णाली प्रदेश योजना आयोगका सदस्य शाहीले दिए राजीनामा | Khabarhub Khabarhub

कर्णाली प्रदेश योजना आयोगका सदस्य शाहीले दिए राजीनामा


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कर्णाली प्रदेश योजना आयोग सदस्य योगेन्द्र शाहीले पदबाट राजीनामा दिएका छन् । शाहीले सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

राजनीतिक घटनाक्रम र व्यवहारिक समस्याका कारण राजीनामा दिनुपरेको शाहीले बताए । ‘विगतमा बृहत कम्युनिष्ट पार्टी हुँदा मैले आयोगको सदस्य भएको हुँ,’ उनले भने, ‘पछिल्लो चरणमा राजनीतिक घटनाक्रम बदलिएको छ । त्यसैले रानीनामा दिएको हुँ ।’

राजीनामा दिए पनि आफू कर्णाली प्रदेशका लागि स्वंयसेवी भएर काम गर्न तयार भएको र कर्णालीको विकासका लागि सधैं लागि पर्ने शाहीले बताए ।

‘कर्णालीका विकास तथा अन्य कामका लागि सधै स्वंयसेवी भएर काम गर्न तयार छु,’ उनले भने, ‘तर, अहिले आयोगमा रहन उचित नठानेर राजीनामा दिएको हुँ ।’

योजना आयोगका सदस्य शाही विगतका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा कर्णाली योजना आयोगको सदस्य भएका थिए । पछिल्लो चरणमा नेकपामा विभाजन आएपछि उनी एमाले नै रहने भएका कारणले राजीनामा दिएको बताइन्छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ९ : ४५ बजे

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँको