एमाले स्थायी कमिटी बैठक : सबै पदाधिकारी प्रत्यक्ष निर्वाचनबाट | Khabarhub Khabarhub

एमाले स्थायी कमिटी बैठक : सबै पदाधिकारी प्रत्यक्ष निर्वाचनबाट


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अन्ततः नेकपा (एमाले)ले सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरेको छ । यसअघि अध्यक्ष मात्र निर्वाचित गर्ने र अरू केन्द्रीय पदाधिकारी केन्द्रीय कमिटीले निर्वाचित गर्ने प्रस्ताव गरिएको थियो ।

तर, ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दुई दिनसम्म चलेको स्थायी कमिटी बैठकले पार्टीको विधानमा नवौ राष्ट्रिय महाधिवेशनको प्रक्रियालाई निरन्तरता दिएको छ ।

पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टीले सबै पदाधिकारीमा निर्वाचन गर्ने प्रस्ताव विधानमा राखिएको जानकारी दिए । उनले सबै स्थायी कमिटी सदस्यले दिएको सुझाव अनुसार पदाधिकारी निर्वाचन गर्ने सम्बन्धमा कुनै फेरबदल नगरिएको स्पष्ट पारे ।

‘सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था राखिएको छ । पार्टीको लोकतान्त्रिक प्रक्रिया र नेतृत्वको विकास गर्नका लागि प्रत्यक्ष निर्वाचित पदाधिकारी व्यवस्था गरिएको थियो,’ उनले भने । विधानको प्रस्तावमा उपाध्यक्ष तीन भनिए पनि स्थायी कमिटी सदस्यले तीनदेखि सात जनासम्म उपाध्यक्ष राख्न सुझाव दिएको उनले बताए ।

उनका अनुसार निवर्तमान अध्यक्ष पार्टीको वरिष्ठ नेता हुने व्यवस्था कायमै रहेको छ । राजनीतिक प्रतिवेदनमा पाँच वर्षमा पार्टीको समीक्षा गर्दै राजनीतिक प्राप्त उपलब्धिलाई रक्षा गर्दै सामाजिक र आर्थिक हिसाबले मुलुकलाई सबल बनाउने कुरा उल्लेख गरिएको छ । उनका अनुसार लोकतन्त्रलाई अझ बलियो बनाउँदै समाजवादीको दिशामा उन्मुख गरेर अगाडि बढ्नुपर्दछ भन्ने प्रतिवेदनमा उल्लेख छ ।

सांगठनिक प्रतिवेदनमा पार्टीभित्र देखिने अस्वस्थ प्रतिस्पर्धा, गुटबन्दी अन्तर्विरोधलाई सही ढंगले व्यवस्थापन गर्दै पार्टीलाई थप ढंगले सुदृढ बनाउने कुरा उल्लेख गरिएको छ ।

स्थायी कमिटी सदस्यले दिएको सुझाव विधान, राजनीतिक र सांगठनिक प्रतिवेदन लेखन समितिमा पठाइएको र त्यो समितिले केन्द्रीय कमिटी पेस गर्ने छ । केन्द्रीय कमिटीमा पेस गरिएको उक्त प्रतिवेदन स्थायी कमिटीले पुनः छलफलमा लगेर विधान महाधिवेशनमा लैजाने उनले बताए ।

बैठकले पार्टीको विधान संशोधन, राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदनका सम्बन्धमा सबै स्थायी सदस्यले सुझाव दिएका थिए । एमालेको विधान महाधिवेशन यही १५ असोजदेखि १७ असोजसम्म गोदावरीमा हुने भएको छ ।

उनले बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधि नामावली तयार गर्ने र महाधिवेशनको तयारीमा जुट्ने पनि निर्णय गरेको बताए ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ७ : २४ बजे

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभरि फैलिएको आगलागी