बुढीगण्डकी जलविद्युत आयोजना प्रभावितको धर्नामा पूर्वप्रधानमन्त्री भट्टराईको ऐक्यवद्धता (फोटोफिचर) | Khabarhub Khabarhub

बुढीगण्डकी जलविद्युत आयोजना प्रभावितको धर्नामा पूर्वप्रधानमन्त्री भट्टराईको ऐक्यवद्धता (फोटोफिचर)


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बुढीगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दाले काठमाडौँको माइतीघर मण्डलामा दिएको धर्नामा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले ऐक्यवद्धता जनाएका छन् ।

बुढीगण्डकी आयोजना नबन्दा आफूहरु सुकुम्बासी हुने खतरा रहेको भन्दै डुवान क्षेत्रका वासिन्दाले निर्माण तत्काल अघि बढाउन माग गर्दै दिएको धर्नामा भट्टराईले ऐक्यवद्धता जनाएका हुन् ।

विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको बुढीगण्डकी आयोजनाको सरकारले निर्माण मोडालिटी पनि टुंगो लगाएको छैन ।

आयोजनाको नाममा राजनीति मात्र भएको भन्दै स्थानीयको जायज माग पूरा गरेर निर्माण सुरु गर्न आग्रह गरेका छन् । धर्नामा बुढीगण्डकी आयोजनाको डुवान क्षेत्रमा बसोबास गर्ने गोरखा र धादिङ जिल्लाका सर्वसाधारण सहभागी भएका छन् ।

कोरोना महामारीको नाममा दुई वर्षदेखि आयोजनामा कुनै पनि काम नभएको, आफूहरुको घर, गोठ, बोटविरुवाको मुआब्जा पनि नदिएको पुनर्बास, पुनर्स्थापना नगरिएको भन्दै आयोजना प्रभावित आन्दोलीत भएका हुन् ।

 

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  २ : ४२ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको