‘म नेपाल हो’मा सन्तोषको अनेक अवतार | Khabarhub Khabarhub

‘म नेपाल हो’मा सन्तोषको अनेक अवतार


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्माता सन्तोष अधिकारीको निर्माण रहेको राष्ट्रिय गीत ‘म नेपाल हो’को भिडियो सार्वजनिक भएको छ । अधिकारी स्वयंमको अभिनय रहेको गीतको भिडियो आइतबार संविधान दिवसको अवसर पारेर आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरियो ।

गीत रिलिज कार्यक्रममा अवकाश प्राप्त उपरथी जगदीश चन्द्र पोखरेल, डिआजी ज्ञानेन्द्र महत, क्याप्टेन तथा अभिनेता विजय लामा, निर्देशक दीपेन्द्रकुमार खनाल, देवकुमार श्रेष्ठ, अभिनेता प्रशान्त ताम्राकारलगायतको उपस्थिति रहेको थियो ।

निशान कस्यपको निर्देशन रहेको गीतमा सह–कलाकारको रुपमा कञ्चन भुजेल र जस्मिन मुसेओटले अभिनय गरेका छन् । अजय अधिकारीको शब्द रचना रहेको गीतमा बादल थापा मगर र सुविन सेञ्चुरीको संगीत छ ।

बादल थापा मगरको स्वर रहेको गीतको भिडियोमा उत्तम हुमागाईको छायांकन, अमितेश कर्णको ड्रेस डिजाइन र सुरेन्द्र ठकुरीको मेकअप रहेको छ ।

निर्माता अधिकारीको कन्सेप्टमा निर्माण भएको गीतको भिडियो निर्देशक निशान स्वयमले सम्पादन गरेका हुन् । असाप इन्टरटेमेन्टको युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो । भिडियोमा अभिनेता अधिकारीले २० भन्दा बढि चरित्रमा अभिनय गरेका छन् ।

निर्माता अधिकारीको लगानी रहेको फिल्म ‘तीन जन्तु’ प्रदर्शनको पखाईमा रहेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १ : ३८ बजे

देशमा चुनौती देखियो, कांग्रेस एकढिक्का हुने समय आयो : देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले देशमा देखिएको चुनौती

पाकिस्तानमा बस दुर्घटना : २० को मृत्यु, २१ घाइते

पाकिस्तान– पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रु बस साँघुरो

नेपालगञ्ज नगरलाई डुबानबाट जोगाउन नाला सफाइ

खजुरा– नेपालगञ्ज उपमहानगरपालिकालाई डुबानबाट जोगाउन यस वर्ष नाला सफाइ थालिएको

मिर्गाैला प्रत्यारोपणका लागि सहयोग माग्दै पत्रकार

सुनसरी– पीबी (प्रेमबहादुर) दियाली एक समय इटहरीका सक्रिय पत्रकार मानिन्थे

सरकारले साहसिक र जनपक्षीय काम गरेको छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका पक्षमा सरकारले